काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।
सुदूरपश्चिमबाट निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उदय भएसँगै प्रचण्ड चौधरीलाई भेट्न डिल्लीबजार कारगारमै पुगेका हुन् ।
चौधरी कैलालीको टीकापुर हत्याकाण्डमा कैद सजाय पाएका अभियुक्त हुन् ।
नागरिक उन्मुक्ति पार्टीकी संयोजक रञ्जीता श्रेष्ठ कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित भएकी छन् । उनी पार्टीकी प्रमुखसमेत हुन ।
नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रतिनिधिसभाका दुई सिट जितेको छ । बर्दीयामा उनका बुबाले स्वतन्त्रबाट प्रतिनिधिसभामा जित निकालेका छन् ।
सुदूरपश्चिम प्रदेश सभामा पनि तीन सिट जितेको छ ।
डिल्लीबजार कारागारमा प्रचण्डले चौधरीसँग ३० मिनेटजति संवाद गरेको स्रोतले पुष्टि गरेको छ । भेटमा उनले सरकारलगायत अन्य विषयमा सहकार्य गर्न चौधरीलाई प्रस्ताव गरेको बताइएको छ ।
प्रचण्ड र चौधरीको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । भेट साँझ साढे ६ बजे भएको हो ।
प्रकाशित मिति: ८ मंसिर २०७९, बिहिबार
प्रतिक्रिया