सप्तरी । बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई बिहीवार ८ वर्ष कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले वडा नं ६ स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई कैद सजाय दिएकाे हो । आरोपीबाट पीडितलाई रु. ५० हजार क्षतिपूर्ति भराउन पनि आदेशमा भनिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए  तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आरोपित सुरेशलाई २०७३ फागुन ८ गते पूर्पक्षका लागि २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो ।

अर्का आरोपी सोही ठाउँका २० वर्षीय आकाश भनिने रमेशकुमार सरदार फरार रहेकाले उनको हकमा मुद्दा मुल्तबी रहेको छ । आरोपीहरुले २०७३ माघ ५ गते राति १२ वर्षीया दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले २०७३ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । जिल्ला प्रहरी कार्यालयले सो उजुरी दर्ता गरी आरोपितमध्ये सुरेशलाई सोही दिन पक्राउ गरेकाे थियाे ।

-रासस

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com