बागलुङ । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छोरालाई भीरमा फालेर हत्या गरेका छन् ।
अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।
बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव फेला पारेको थियो ।
प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार
प्रतिक्रिया