जनकपुरधाम । सिटिइभिटीको प्रि-डिप्लोमा इन सर्वे इन्जिनियरिङको परीक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ का २२ वर्षीय रामकृष्ण शाह र सर्लाहीको बह्रमपुरी गाउपालिका २ का २० वर्षीय लक्ष्मी नारायण झा रहेका छन् । प्रहरीका अनुसार झाको ठाउँमा साह परीक्षा दिंदै थिए ।

जनकपुरधाम उपमहानगरपालिका १ स्थित परीक्षा केन्द्र मोनाष्टिक आवसीय विद्यालयमा परीक्षा दिने क्रममा झा पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै जनामाथि शिक्षा ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com