काठमाडौं । आमा समूहका पदाधिकारीको कुटपिटबाट घाइते भएकी उषा राईको मृत्यु भएको छ । जनजागृत आमा समूहका पदाधिकारीले ४२ वर्षीया राईलाई कुटपिट गरेपछि उनको मृत्यु भएको हो ।

धरानका एक व्यक्तिसँग अवैध सम्बन्ध राखेको भन्दै जनजागृत आमा समूहका पदाधिकारीले कुटपिट गरेपछि गम्भीर घाइते बनेकी राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको हो ।

घटनामा संलग्न भएका ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । अवैध सम्बन्धको आरोप लगाउँदै आमा समूहका पदाधिकारीले गरेको कुटपिटबाट राईको निधन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

 

प्रकाशित मिति: १४ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com