काठमाडौं । दार्चुलामा भारतले महाकालीको बहाव नेपालतर्फ धेकेलेर अनधिकृत पक्की संरचना बनाउँदै गरेकोमा नेपाली नागरिकहरूले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले खेलिरहेका नेपाली बालबालिकासमेत घाइते भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सन्धि सम्झौता र भारतसँगको द्विपक्षीय सन्धि सम्झौताहरूको विरुद्धमा कार्य भइरहँदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहेको भन्दै रास्वपाले आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता मुलुल ढकालले विज्ञप्ति जारी गर्दै आफ्नो सीमा र नागरिकको रक्षा गर्न यथाशीघ्र कूटनीतिक पहल सुरु गरिहाल्न र घाइते तथा पीडितहरूको औषधोपचार, सुरक्षाको बन्दोबस्त गर्दै सीमा सम्पदाको संरक्षक र नागरिकलाई अभिभावकत्वको अनुभूति हुने गरी प्राथमिकताका साथ कार्य गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com