काठमाडौं । वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित एक उद्योगमा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ। पर्सागढी नगरपालिका–५ हर्दियाका करिब २६/२७ वर्षीय विरेन्द्र पण्डितको ज्यान गएको हो। महेश शर्माले सञ्चालन गरेको एक्स पिएम उद्योगमा आइतबार साँझ काम गर्ने क्रममा मेसिनले च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।