काठमाडौँ । सनातनीका आराध्यदेव भगवान् पशुपतिनाथको नित्यपूजा शुक्रबार नहुने भएको छ। अघिल्लो दिन राति धनुर्मास पूजा गरेपछि भोलिपल्ट उपवास राख्ने परम्पराअनुसार शुक्रबार पशुपतिनाथको नित्यपूजा नभएको हो। शुक्रबार बिहान र दिउँसोका पूजा नभए पनि साँझ आरती हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।