काठमाडौं । काठमाडौंको जडीबुटीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ कोटेश्वर–जडीबुटी सडकखण्डमा बा.प्र. ०२–०६० प १२७५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी ओखलढुंगा सिद्धिचरण नगरपालिका–९ निवासी ४३ वर्षीय भुवन गुरुङ गम्भीर घाइते भएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।