तीन सातादेखि दार्चुलाको तिङ्कर गाउँमा सञ्चार सेवा अवरुद्ध

दार्चुला । चीन सिमानासँग नजिक रहेको दार्चुलाको व्यास गाउँपालिका-१ तिङ्करमा तीन सातादेखि टेलिफोन सेवा ठप्प भएको छ। गत साउन २८ गते आएको बाढी र चट्याङका कारण नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सम्पूर्ण सञ्चार सेवा बन्द भएको हो। तिङ्करमा नेपाल टेलिकमको २जी मोबाइल सेवा सञ्चालनमा थियो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com