काठमाडौँ । कलाकार तथा निर्माता केकी अधिकारीले आफ्नो विवाहको तस्वीर सार्वजनिक गरेकी छिन् ।साथ साथै आफू र आफ्नो जीवनसाथीले दर्शकको तर्फबाट आशीर्वादको अपेक्षा गरेको बताएकी छन्। उनले आफ्नो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित भएको पनि उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनु भएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु। कलाकारको रुपमा मेरा हेरक उतार चढावको साक्षी बन्नुभएका मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु। यहाँहरुको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ।’

advertisement

उनले अन्त्यमा केकी र रोहितको नाम पनि उल्लेख गरेकी छन्। केकीले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी हुन्।

 

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com