काठमाडौं : काठमाडौं महानगरपालिका-१ महेन्द्रशालीकस्थित होटल मिर्चीबाट रेडपाण्डाको छालाजस्तो देखिने वस्तु १ थानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका-२ घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् ।

advertisement

रेडपाण्डाको छाला बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले बिहीबार दिउँसो उक्त होटलको कोठामा जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

← Back

Thank you for your response. ✨

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com