काठमाडौँ– सोमबार देशभरका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षाको संभावना रहेको छ। देशका अन्य भूभागमा आंशिक बदली रहे पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

advertisement

हाल देशको पहाडी भूभागमा स्थानीय वायुको प्रभाव रहेकोले वर्षाको संभावना न्यून रहेको छ। त्यसैले आगामी तीन दिनसम्म प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मात्रै मेघ गर्जन, चट्याङ सहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com