काठमाडौं । नयाँ बानेश्वरस्थित ‘अल्फा हाउस’का संचालक द्विराज शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच चर्काचर्की भएको छ।

‘अल्फा हाउस’ पार्किङका लागि छुट्याइएको भवन भाडामा लगाएर फुटपाथमा पार्किङ गरेको समाचार बाहिरिएपछि मेयर शाह प्रहरी सहितको टोली लिएर अनुगमनका लागि पुगेका थिए। त्यहाँ केहीबेर शाह र शर्माबीच चर्काचर्की नै भएको थियो।

शर्माले बालेन्द्रलाई ‘तपाईं डन हो?’ भन्दै प्रश्न गरेका थिए। जवाफमा शर्माले ‘ए बालेन सर तपाईं आवेगमा आएर नबोल्नुस्। तपाईं हाम्रै प्रतिनिधि होइन?’ भनेर प्रतिप्रश्न गरेका थिए।

शर्माले भने, ‘तपाईंले मलाई थर्काउन खोज्नुभएको हो?, यसरी डन भएर आउने होइन्।’

बालेन्द्रले ‘तपाईंको घरको नक्सा म सँग हुन्छ?’ भनेर प्रश्न गर्दा चर्काचर्की सुरु भएको हो।

प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com