काठमाडौं । सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले प्रहरीमा उजुरी दिने तयारी गरेका छन्।
नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाईरल भइरहेको छ ।
माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्याको प्रयत्न गरिएकाले उजुरी दिने तयारी भएको बस्नेतको सचिवालयले जनाएको छ ।
भिडियोमा देखिएको तनाव भने गएको स्थानीय चुनावको हो। माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए । त्यही भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेत वाइसीएलको कार्यकर्ताबाट खेदिएको भनिएको छ ।
प्रकाशित मिति: १४ भाद्र २०७९, मंगलबार












प्रतिक्रिया