गुल्मी । गुल्मी क्षेत्र नम्बर -२ मा बाम गठबन्धनकि साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफुलाई एक पटक विश्वास गरेर मतदान गर्न जनतालाई आग्रह गरेकी छन् ।

इस्मा गाउँपालिका -४ कोटकोटरीमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

उनले भनिन् ‘अरुलाई पटक पटक विश्वास गरेर मत दिएर मन्त्री, संसद बनाउनु भयो यस पटक मलाई विश्वास गरेर मत दिनुस् म सधै भरी जनताकै सेवा गर्ने छु ।’

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकी सचीव समेत रहेकी झाँक्रीले आफुले विकासका योजना वर्गीकरण गरेर काम गर्ने ,तिनै तहका सरकार संग समन्वय गरेर काम गर्ने बताउदै गुल्मीमा केही महत्त्वपूर्ण योजना जसले जनताको भाग्य र भविष्यको ढोका खोलिदिन्छन त्यस्ता योजना अगाडि बढाउने दावी समेत गरिन ।

प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com