काठमाडौँ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति बन्न नहुने बताएका छन्।

एमाले उपाध्यक्ष नेम्वाङले कार्यकारी पदमा पुगेको व्यक्ति राष्ट्रपति बन्न नमिल्ने बताए।

advertisement

‘मैले कोही व्यक्ति विशेषलाई भन्न खोजेको होइन। शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई जो कोही भए पनि राष्ट्रपति बन्न मिल्दैन,’उनले भने, ’कार्यकारी अधिकार लिएर काम गरेको व्यक्ति आलङ्कारिक पदमा बस्दा समस्या हुन सक्छ। छिमेकी देश भारतमा समेत प्रधानमन्त्री भइसकेको कोही पनि व्यक्ति राष्ट्रपति बनेका छैनन्।’

प्रधानमन्त्री बनेको व्यक्ति राष्ट्रपति बनेमा नेताहरू पद पाएपछि जहाँ पनि बस्न तयार हुन्छन् भन्ने आरोप लाग्ने उनको तर्क छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको लागि प्रस्ताव राखेको भन्ने विषय गलत रहेको पनि उनको दाबी छ।

 

प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com