काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटिनसकेको बताएका छन् ।

बिहीबार सिंहदरवारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपश्चात् बाह्रखरीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नयाँ गठबन्धनका लागि सहमति भई नसकेको बताए ।

advertisement

माओवादी संसदीय दलको कार्यालयमा यी दुई नेताबीच छलफल भएको हो ।

छलफलपश्चात् ‘पुरानै पाँच दलीय गठबन्धन ब्युँतिएको हो ? भन्ने जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेसम्म त्यस्तो सहमति भइसकेको छैन ।’

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेस र एकीकृत समाजवादीसहितको बैठकमा पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो ।

बैठकमा सहभागी एक नेताले गठबन्धन ब्युँताउने लिखित सहमति भइसकेको जानकारी दिएका थिए । प्रधानमन्त्री प्रचण्डले भने त्यसलाई अस्वीकार गरेका छन् ।

 

प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com