काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने तयारी गरेको छ।

उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न रास्वपाले शुक्रबार साढे ११ बजेको लागि बैठक बोलाएको थियो। तर निर्वाचन आयोगले आचार संहिता जारी भएपछि बैठक नबस्न भनेको भन्दै रास्वपाले बैठक स्थगित गरेको छ।

advertisement

उपराष्ट्रपति निर्वाचनबारे आफूहरू बाचापत्र अनुसार अघि बढ्ने रास्वपाका एक नेताले बताए ।

निर्वाचनको बेला जारी भएको रास्वपाको बाचा-पत्रमा राष्ट्रिय सभाको अध्यक्ष पदेन उपराष्ट्रपति हुने प्रावधान छ।

रास्वपाका एक सांसदले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने सम्भावना रहेको बताए।

‘मतदान गर्ने-नगर्नेबारे हाम्रो पार्टीमा दुई खाले धारणा छ। वाचापत्र अनुसार अहिले हुने अवस्था छैन त्यसैले मतदान गर्नुपर्छ भन्ने पनि छ,’ ती सांसदले भने, ‘अहिले नै भन्न सकिँदैन। हामी अनौपचारिक छलफल गरेर एउटा निर्णयमा पुग्छौ।’

यसअघि रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिएको थियो।

 

प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com