काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गिरफ्तारीपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आइरहेको रास्वपाले आजदेखि काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।

लामिछानेमाथिको अनुसन्धान जारी रहँदा पार्टीले गत सातादेखि पोखरामा विरोध प्रदर्शन गर्दै आएको थियो तर अब काठमाडौँमा प्रदर्शन गर्न लागेको प्रदेश सभापति राजन गौतमले जानकारी दिएका छन्।

advertisement

आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन आयोजना गरिएको छ। पोखरामा गरिएका प्रदर्शनहरूमा जनस्तरबाट पर्याप्त समर्थन नदेखिएको भन्दै टिप्पणी भईरहेको छ।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com