काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकल दाहालले सरकार ढले नेपाली कांग्रेससँग सत्ता समीकरण हुने बताएका छन्।

मंगलबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गदै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले सत्ता छिट्टै ढल्ने समेत दाबी गरे।

advertisement

‘मैले त यो सरकार २०८४ सम्म गइदिएहुन्थ्यो भनेको छु। सरकारको गतिविधि हेर्दा धेरै दिन जाँदैन, ’दाहालले भने ‘२०८४ सम्म नै सरकार गएन भने हाम्रो पार्टनर कांग्रेस छँदै छ।’ उनले माओवादीको प्राथमिकता अहिले सरकार नभएको समेत स्पष्ट पारे।

‘मैले धेरै चोटि भनेको छु। हाम्रो प्राथमिकता संगठन सुदृढीकरण गर्ने कुरामा छ। सरकार हाम्रो प्राथमिकतामा होइन’,–उनले भने।

दाहालले अहिलेको सरकार पारदर्शी समेत नभएको जिकिर गरे। ‘मैले प्रष्ट भन्ने गरेको छु। यो प्राकृतिक छैन। स्वाभाविक छैन। पारदर्शी पनि छैन। गरेका कामहरु उल्टा उल्टा भएका छन्। अहिले अध्यादेशसम्म आउँदा त लाजमर्दो भएको छ,’–उनले भने।

दाहालले सरकार फेरबदलको विषयमा पत्रकारसँग जबाफ दिइरहँदा नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला र चन्द्र भण्डारीसँगै थिए।

सो क्रममा कोइरालाले राजनीतिमा जे पनि हुने बताए। उनले भने ‘ठूलो दलहरू मिलेर स्टेबल सरकार जुन बनेको छ, एक किसिमको स्टेबल नै छ। राजनीतिमा जे पनि हुन्छ, नहुने त होइन। तर, हामीले स्थिर सरकार दियौं भने विकासको काम हुन्छ।’

प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com