काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ अन्तर्राष्ट्रिय संघ संस्थाहरूले कांग्रेस र एमालेलाई तोकेरै ठग भनेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय संघ संस्थाले सिधै अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त भएको भनेको बताएका हुन्।
‘सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ संस्थाले बढो अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त ठगहरु हुन्, यी पार्टीहरु भनेर काँग्रेस र एमालेलाई त ताकेर नै भनेको पनि तपाईं हामीले देखिरहेका छौं,’ उनले भने।
अध्यक्ष प्रचण्डले अहिले देश ग्रे लिस्टमा पर्न लागेको र भ्रष्टाचारमा अग्रणी भएको पनि बताए। ‘अहिले फेरि नेपाल आर्थिक रुपले ग्रे लिस्टमा र भ्रष्टाचारमा अग्रणी भएको छ,’ उनले भने।
अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्र संघ र प्रदेशमा प्रतिक्रियावादी र दलालहरुसँग मिलेर सरकार बनाउनेतिर नजाने दाबी गर्दै आफ्नो खुट्टामा उभिने बताए।
—न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार












प्रतिक्रिया