विराटनगर – नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन यसलाई जनतासँग जोड्नु अपरिहार्य रहेको बताएका छन्।

प्रेस सेन्टर नेपाल, मोरङद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा उनले गणतन्त्रको सार्थकता आम नागरिकसम्म पुग्नुपर्नेमा जोड दिएका हुन्। उनका अनुसार, गणतन्त्र स्थापनापछि मात्र नागरिकले समान अधिकारको अनुभूति गर्न सक्नुपर्छ।

advertisement

महासचिव चन्दले यदि मुलुकमा गणतन्त्र जस्तो युगान्तकारी परिवर्तन आएको भएन भने देश अझै अन्धकारमै रहने तर्क प्रस्तुत गरे। उनले अहिले राजनीतिक दलका नेताहरूको भनाइ र व्यवहारमा देखिएको अन्तरले असन्तुष्टि बढाएको उल्लेख गरे।

उनका अनुसार, मुलुक अहिले सैद्धान्तिक तथा व्यावहारिक रूपमा संकटको सामना गरिरहेको छ। समाजवादलाई लक्ष्यमा पुर्‍याउन आर्थिक पुँजी निर्माण आवश्यक रहेको भन्दै उनले सरकार शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा चुकिरहेको आरोप लगाए।

उनले नेपालमा पुँजी निर्माण र बचतको अवधारणामा व्यापक अभाव रहेको भन्दै त्यसकै कारण नेपाली जनताले विभिन्न समस्याहरू झेल्नु परेको धारणा व्यक्त गरे। साथै, माओवादी, समाजवादी र अन्य कम्युनिस्ट शक्तिहरूबीच एकताको प्रयास जारी रहेको जानकारी दिँदै आउँदो चैत १५ गते समाजवादी मोर्चाद्वारा आयोजना गरिने भेला शान्तिपूर्ण हुने स्पष्ट पारे।

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com