काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सम्पूर्ण कार्यकर्ता तथा समर्थकहरूलाई सामाजिक सञ्जालमा संयमित र मर्यादित व्यवहार अपनाउन विशेष अनुरोध गरेको छ।

बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा देखिएको अमर्यादित, अशिष्ट र अभद्र अभिव्यक्तिप्रति गम्भीर चासो व्यक्त गर्दै पार्टीको तर्फबाट यस्ता गतिविधिहरूलाई निरुत्साहित गर्नुपर्ने बताएका छन्।

advertisement

सामाजिक सञ्जालमा रास्वपाका समर्थकहरूबाट देखिएको अराजक गतिविधिले पार्टीको छविमा नकारात्मक असर पार्न सक्ने उल्लेख गर्दै अर्यालले सबैलाई जिम्मेवार र अनुशासित रूपमा प्रस्तुत हुन आग्रह गरे।

“सामाजिक सञ्जाल प्रयोग गर्दा सभ्य भाषा र आचरणको पालना अनिवार्य छ,” कार्यवाहक सभापति अर्यालले भने, “अनावश्यक टिप्पणी वा अभिव्यक्तिले पार्टीलाई नै क्षति पुर्‍याउँछ, त्यसैले सचेत रहनु जरुरी छ।”

 

प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com