काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा हाल गणतन्त्रमाथि कुनै गम्भीर संकट उत्पन्न नभएको स्पष्ट पारेका छन्।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले गणतन्त्र अहिले खतरामा परेको भन्ने प्रचार अनुचित रहेको बताए। उनका अनुसार, “गणतन्त्र जोगाउन सबै दल एक हुनैपर्छ भन्ने कथन अतिरञ्जित हो। अहिलेको परिस्थितिमा यस्तो अभिव्यक्ति उपयुक्त छैन।”

advertisement

दाहालले वर्तमान सत्तारूढ गठबन्धनप्रति माओवादी केन्द्रको समर्थन नरहेको उल्लेख गरे। उनले माओवादी केन्द्र उक्त गठबन्धनमा सहभागी नहुने र समर्थन पनि नगर्ने स्पष्ट रूपमा बताए।

उनले भने, “वर्तमान सरकारको नेतृत्वमा समस्या छ, त्यसैले यो सरकार परिवर्तन हुनैपर्छ भन्ने हाम्रो धारणा छ।” साथै, उनले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई माओवादी केन्द्रले समर्थन गर्ने र आवश्यक परेमा सहभागी पनि हुने जनाए।

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com