काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूलाई धैर्य नहारेर आन्दोलनलाई थप सशक्त रूपमा अगाडि बढाउन अपिल गरेका छन्।

पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारसँग बारम्बार संवाद गर्दा पनि शिक्षकमैत्री निष्कर्ष ननिस्किएको भन्दै अब आन्दोलन नरोकिनुपर्ने बताएका हुन्।

advertisement

विद्यालय शिक्षा ऐनको मागसहित शिक्षकहरू चैत २० गतेदेखि निरन्तर सडकमा छन्। सरकारसँग पटक–पटक वार्ता भए पनि कुनै ठोस सहमति नजुटेको शिक्षकहरूको गुनासो छ।

त्यही सन्दर्भ उठाउँदै प्रचण्डले भने, “शिक्षकहरूले विगतमा पटकपटक वार्ता गरे, आश्वासन पाए, तर धोका पाइरहे। अब धैर्यपूर्वक आन्दोलनलाई निरन्तरता दिन जरुरी छ।”

उनले शिक्षकहरूको आन्दोलन उचित र आवश्यक भएको उल्लेख गर्दै पार्टीको पूर्ण समर्थन रहने स्पष्ट पारे।

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com