काठमाडौँ । खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नेपाली कांग्रेसका सांसद गर्बुजा म्यादी निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

advertisement

यसअघि उक्त मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बर्खास्त गरिएको थियो। तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा असहमति जनाउँदै सरकारको निर्णयविरुद्ध सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका थिए।

उनको बर्खास्तीपछि रिक्त रहेको ऊर्जा राज्यमन्त्रीको पदमा अब गर्बुजाले जिम्मेवारी सम्हाल्ने भएका छन्।

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com