काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरूको सक्रिय सहभागिता भएमा चुनाव जित्न सजिलो हुने बताएका छन्। शनिबार काठमाडौंको दक्षिणकाली नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

‘महिलाहरू सक्रिय भए चुनाव सजिलै जितिन्छ भन्ने मलाई थाहा छ,’ दाहालले भने, ‘०६४ मा महिला सक्रिय भएकै कारण माओवादी पहिलो दल बनेको हो। अहिले पनि मलाई त्यस्तै महसुस भइरहेको छ।’

advertisement

आफू भूमिगतबाट पहिलो पटक सार्वजनिक हुँदा सबैभन्दा बढी महिला प्रभावित भएको दाहालले दाबी गरे । उनले भने, ‘जति बेला म बालुवाटारमा पहिलो पटक सार्वजनिक भएँ, सबैभन्दा बढी महिलाहरू प्रभावित भएका थिए।’

 त्यो बेला आफूले दिएको भाषणको महिलामा सिधा असर परेको पनि उनले टिप्पणी गरे । ‘मेरो वक्तव्यको सिधा असर महिलाहरूलाई पार्‍यो । महिलाले हाम्रो दाइजस्तै, हाम्रो भाइ जस्तै, बुबा जस्तै भनेर महिलाहरूलाई परेको थियो। त्यसपछि पुरुषहरूको केही लागेन हामी जित्यौँ,’ अध्यक्ष दाहालले भने

प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com