भक्तपुर । डोलेश्वोर भिलेज रिसोर्ट एन्ड फार्म हाउसले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
कम्पनीको आईपीओ जारी गर्ने उद्देश्यले नियामकको स्वीकृति लिने प्रक्रिया थालनी गर्नको लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

डोलेश्वोर भिलेज रिसोर्ट एन्ड फार्म हाउसमा आयोजित समारोहमा फार्म हाउसको तर्फबाट अध्यक्ष रामनाथ मैनाली र क्यापिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

advertisement

भक्तपुर जिल्लामा संचालन भएका होटल मध्ये सर्वसाधारणमा शेयर जारी गर्ने पहिलो होटल डोलेश्वोर भिलेज रिसोर्ट एन्ड फार्म हाउसले आगामी आर्थिक वर्ष २०८२/०८३ भित्र नेपालको पुँजी बजारमा सूचीकृत हुने लक्ष्य लिएको छ । यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउनेछन् ।

२०७२ सालमा स्थापना भएको डोलेश्वोर भिलेज रिसोर्ट एन्ड फार्म हाउस सुर्य विनायक नगरपालिका वडा नं. ८ सिपाडोल स्थित केदारनाथको शिर डोलेश्वर मन्दिर मार्गमा पर्छ ।

डोलेश्वोर भिलेज रिसोर्ट एन्ड फार्म हाउसमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स रुमहरु सञ्चालनमा रहेका छन् । २० जनादेखि ३०० जनासम्मको क्षमता भएको ठुला-साना गरि ३ वटा सभा हल रहेको होटलमा वाटर फाउन्टेन, झर्ना सहितको रेस्टुरेन्ट तथा पिक्निक स्पोर्ट,पशुपतिनाथको मन्दिर र अर्गानिक फार्म समेत रहेको छ । यहाँबाट गणेश हिमाल, पाइलट बाबा,रानीकोट, घ्याम्पे डाडा,प्राणी उद्घान र सुर्यबिनायक गणेश मन्दिरको साथै काठमाडौं उपत्यकाको मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।

आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न सफल यस डोलेश्वोर भिलेज रिसोर्ट एन्ड फार्म हाउस संचालनको छोटो समयमा नै होलिडेज, कर्पोरेट माइसका साथै डेस्टिनेसन वेडिङका लागि समेत आफ्नो बिशेष पहिचान बनाउन सफल भएको छ।

केदारनाथको शिर डोलेश्वर मन्दिर दर्शन गर्न देश तथा विदेशबाट आउने महन्त तथा साधु सन्तको रोजाईमा पर्ने यस होटलमा रहेको शुद्ध मुहानको पानी तथा छुट्टै शुद्ध साकाहारी भोजनको ब्यवस्था रहेको छ। स्थानीयरूपमा उपलब्ध खाद्य सामग्रीलाई प्राथमिकता दिँदै ग्राहकको रोजाइ अनुसारको मेनु पस्कँदै आएको यस फार्म हाउसले स्थानीयस्तरमा रोजगारी, सीप विकास र सिटिईभिटीको पेशागत क्षमता वृद्धिमा समेत महत्वपूर्ण योगदान गरेको छ ।

१० रोपनी क्षेत्रफलमा फैलिएको यस फार्म हाउसमा आफ्नै अर्गानिक फार्म संचालनमा रहेको छ ।होटल समुहले भविष्यमा आफ्नो ब्राण्डलाई अन्य प्रमुख पर्यटकीय गन्तब्यहरुमा समेत विस्तार गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com