काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले भिजिट भिसासम्बन्धी विवादलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि तीव्र व्यंग्य गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै मेयर राईले गृहमन्त्री लेखक र रास्वपा अध्यक्ष रवि लामिछानेबीचको अर्को भेट जेलमै हुने हो कि भनी कटाक्ष गरे। उनका अनुसार लेखकले अब राजीनामा दिएर जेल जानुपर्ने परिस्थिति आउन सक्ने देखिएको छ।

advertisement

उनले लेखेका छन्, ‘गृहमन्त्रीज्यू, राजीनामा दिएर जेल जान तयार हुनु पर्ला जस्तो भो त! रविजीसँग भेट हुन्छ कि के हो तपाईँको? खबर त्यस्तो छ के! गृहमन्त्रीहरू सबै जेल जाने्! सुरक्षा???’

उनले गृहमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिहरू नै मानव तस्करी र सहकारी ठगीजस्ता गम्भीर मुद्दामा मुछिनु अत्यन्त दुःखद भएको उल्लेख गरे। साथै, देशमा शान्ति, सुरक्षा र सुशासनको ग्यारेण्टी दिनुपर्ने भूमिकामा रहेका व्यक्तिहरू नै कारागारको ढोका चहार्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com