काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिने अवस्था सृजना हुने बताएका छन्।

मंगलबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यो प्रकरण केवल गृहमन्त्री मात्र नभई समग्र सरकारसँग सम्बन्धित रहेको उल्लेख गर्दै विपक्षी दलहरूले गृहमन्त्रीमाथि राजीनामाको दबाव बढाएको स्पष्ट पारे।

उनले नेपाल समाजवादी पार्टीसँगको एकता प्रक्रियाका रूपमा अगाडि बढिरहेको जानकारी गराउँदै पार्टी अध्यक्ष महेन्द्र राय यादव माओवादी केन्द्रको महाधिवेशनकै अवसरमा पार्टीमा प्रवेश गर्ने बताए।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईप्रति टिप्पणी गर्दै प्रचण्डले बाबुरामले आफूविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएको र उनको मूल उद्देश्य नै माओवादीको विरोध गर्नु रहेको आरोप लगाए।

प्रचण्डले एकताको विषयमा आफूले बाबुरामलाई छोडेको नभई बाबुराम स्वयंले पार्टी, आन्दोलन र मार्क्सवाद परित्याग गरेको दाबी गरे।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com