काठमाडौं। बुधबार अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढ्दा युरोपियन युरो घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३६.२४ रुपैयाँ रहँदा बिक्री दर १३६.८४ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी
डलरको खरिद दर १३५.८४ रुपैयाँ र बिक्री दर १३६.४४ रुपैयाँ थियो। यस्तै, १ युरोको खरिद दर आज १५४.५७ रुपैयाँ कायम भएको छ। बिक्री दर १५५.२५ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १५४.५९ रुपैयाँ र बिक्री दर १५५.२७ रुपैयाँ थियो।
आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८४.५६ रुपैयाँ र बिक्री दर १८५.३८ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८४.१९ रुपैयाँ र बिक्री दर १८५.०० रुपैयाँ थियो।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया