काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिकाले बुधबार स्थानीयस्तरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

भेदभाव तथा छुवाछूत उन्मूलनमा नगरपालिकाको तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गर्दै पालिकाअन्तर्गत अत्यावश्यक सेवाबाहेकका सबै निकायमा सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ । नगरभित्र बसोवास गर्ने सम्पूर्ण दलित तथा उत्पीडित समुदायको भावनालाई आत्मसाथ गर्दै सार्वजनिक बिदा दिइएको मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले जानकारी दिए ।

advertisement

नगरप्रमुख पाण्डेद्वारा हस्ताक्षरित सूचनामा नगर कार्यपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालयहरू, सामुदायिक एवं निजी शैक्षिक संस्था, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था र अन्य संघ संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिएको जनाइएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com