काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय विस्तार गर्ने उद्देश्यले सानेपास्थित कार्यालयअगाडिको १९ आना जग्गा १३ करोड रुपैयाँमा खरिद गर्ने निर्णय गरेको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयलाई थप व्यवस्थित र फराकिलो बनाउन नयाँ जग्गा खरिद गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार पार्टी कार्यालय अगाडिपट्टि पर्ने १ रोपनी ३ आना ३ पैसा (कुल १९ आना) क्षेत्रफलको जग्गासहित सोही स्थानमा अवस्थित तीन तले भवन समेत खरिद गर्ने निर्णय गरिएको हो।

उक्त जग्गा ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको छ। पार्टीले २०८२ साल असार ११ गते उक्त जग्गा एक वर्षभित्र पास गर्ने सर्तसहित ५० लाख रुपैयाँ बैना बुझाएर खरिद सम्झौता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्झौतामा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा हस्ताक्षर गरिएको जनाइएको छ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com