काठमाडौं । रौनक श्रीवास्तवको धमाकेदार शतकको मद्दतमा नेपालले एसिसी यु-१६ इस्ट जोन कप अन्तर्गत भुटानमाथि २ सय ९८ रनको विशाल जित हासिल गरेको छ।
मलेसियामा जारी प्रतियोगिताको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनायो। रौनकले १३२ बलमा १६ चौका र ५ छक्का सहित १६८ रनको शतकीय इनिङ खेले। शिवान्श बजगाईंले ५४, जोय थापाले अविजित ६१ र सुगम बुढाथोकीले ३५ रनको योगदान गरे।
३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमै ६० रनमा समेटियो। कप्तान विपिन शर्माले ४ विकेट लिए भने सचिन भट्ट र सुयोग भट्टराईले २–२ विकेट लिए।
नेपाल समूह ‘ए’ मा चारै खेल जित्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ। अब नेपालले बिहीबार मलेसियासँग सेमिफाइनल खेल्नेछ। प्रतियोगिताको फाइनल असार २१ गते हुनेछ।
नेपाल गत संस्करणको डिफेन्डिङ च्याम्पियन हो।
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार












प्रतिक्रिया