काठमाडौं ।  नेपाल एसिसी मेन्स इस्ट जोन कप २०२५ को फाइनलमा प्रवेश गर्न सफल भएको छ।

क्वालालम्पुरमा भएको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटको विशाल अन्तरले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।

advertisement

टस जितेर पहिला बलिङ रोजेको नेपालले मलेसियालाई ४३.१ ओभरमा मात्र ९० रनमा अलआउट गर्‍यो। मलेसियाका लागि मुहमद फतुल मुहिनले सबैभन्दा बढी ३८ रन बनाए। उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। अन्य ब्याटरहरू भने दोहोरो अंकमा पुग्न असफल भए।

नेपालका लागि अभय यादवले घातक बलिङ गर्दै १० ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। शुभम् खनालले ३ विकेट हात पार्दा, सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले समान १–१ विकेट लिए।

९१ रनको साधारण लक्ष्य नेपालले ११.४ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर परिमार्जन यादवले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ५ चौका र ५ छक्कासहित नटआउट ५९ रन बनाए। शिवान्स बजागाइँले पनि राम्रो साथ दिँदै २२ बलमा ५ चौका प्रहार गरी नटआउट २३ रन बनाए। प्रसिद्ध जैशी २ रनमा आउट भए।

अब नेपालले उपाधिका लागि फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल शनिबारका लागि तय गरिएको छ।

यसअघि, नेपालले समूह चरणमा लगातार चार खेलमा जित हात पार्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com