काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नयाँ उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिश समितिले असार २३ गते तीन जनाको नाम सिफारिश गरेको थियो। वर्णानुक्रम अनुसार सिफारिशमा तत्कालीन निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, विज्ञान संकायका पूर्व डीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम विज्ञान विभागका पूर्वप्रमुख डा. दीपक अर्यालको नाम समावेश थियो।

advertisement

यसअघि उपकुलपति रहेका प्रा. डा. केशरजङ्ग बरालले चैत २८ गते राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले चैत ३१ गते शिक्षाध्यक्ष प्रा. डा. केसीलाई अधिकतम तीन महिनाका लागि कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका थिए।

नव नियुक्त उपकुलपति अर्याल जल तथा मौसम विज्ञानका विज्ञ हुन्।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com