काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ अगस्टदेखि ब्राजीलमाथि ५० प्रतिशत ट्यारिफ (शुल्क)लगाउने घोषणा गरेका छन् ।

उनले ट्रुथ सोसियलमा एसबारे एक पत्र पनि सार्वजनिक गरेका छन् । पत्रमा ट्रम्पले अमेरिकी टेक कम्पनीमाथि आक्रमण गरेको आरोप ब्राजीलविरुद्ध लगाएका छन् ।

advertisement

ट्रम्पले ब्राजील सरकारमाथि पूर्व राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध जासुसी गरेको आरोपसमेत लगाएको छ । यता बोल्सोनारोविरुद्ध पनि ब्राजीलमा २०२२ मा भएको आम निर्वाचनमा नतिजा परिवर्तन गर्न खोजेको आरोपसमेत छ । यसै विषयमा अहिले मुद्दासमेत चलिरहेको छ ।

ट्रम्पको घोषणापछि ब्राजीलका राष्ट्रपति लुईस लूला दा सिल्भाले अमेरिको ट्यारिफविरुद्ध आफूहरुले पनि ट्यारिफ नै लगाउने बताएका छन् ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com