काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले दुई नेतालाई स्पष्टीकरण सोधेको छ । गैरआवासीय मधेसी संघका पूर्वसंयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भु नाथ साह (धनुषा ) र केन्द्रीय सदस्य  वीरेन्द्र साह सोनार (रौतहट ) स्पष्टीकरण सोधिएको प्रवक्ता शरद् सिंह यादवले शुक्रबार बिहान रातोपाटीलाई जानकारी दिए ।

पार्टीको हित विपरीत कार्य गरेको ठहर गर्दै केन्द्रीय अनुशासन समितिले दुवै नेतालाई बिहीबार ७ दिन भित्र जबाफ दिने गरी स्पष्टीकरण सोधेको उनको भनाइ छ ।

advertisement

वीरेन्द्रको हकमा उनले केही दिनदेखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गरेको उल्लेख छ । यस्तै जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढङ्गले अनुशासनहीनता प्रदर्शन गरेको, पार्टीको निर्देशन तथा पार्टीको अहित हुने कार्यमा संलग्न भएको आरोप लगाइएको छ ।

यस्तै शम्भुनाथको हकमा पनि सोही आरोप लगाउँदै पार्टी विधानको धारा ३९ (क) को उपधारा २,३,४,५,१० र १५ आकर्षित भएको उल्लेख छ । अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरीद्वारा हस्ताक्षरित स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंलाई किन कारबाही नहुनु पर्ने हो भनी ७ दिन भित्र लिखित स्पष्टीकरण पेस गर्नु हुन अनुरोध छ ।’

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com