काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक विषयमा धारणा स्पष्ट पार्न शुक्रवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार पत्रकार भेटघाट कार्यक्रम साउन ४ गते (शुक्रबार) दिउँसो ३:३० बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा हुने छ।

advertisement

प्रवक्ता झाका अनुसार कार्यक्रममा संसद्‌ बहिष्कार, हस्ताक्षर अभियान, समसामयिक राजनीतिक घटनाक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी कार्यविधिबारे विस्तृत जानकारी दिइनेछ।

पार्टी नेतृत्वले हालका राजनीतिक परिस्थितिका सन्दर्भमा पत्रकारमार्फत जनतालाई आफ्नो पक्ष प्रस्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com