काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पदाधिकारीहरूले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पार्टी विधानविपरीत पदमुक्त गरिएको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन्।

उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवल शम्सेर राणा र महामन्त्री कुन्ती कुमारी शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै गिरीलाई कुनै स्पष्टीकरणको अवसर नदिई हटाइएको निर्णय अस्वीकार्य रहेको बताएका छन्।

advertisement

“यो स्वेच्छाचारी निर्णयले पार्टीको प्रजातान्त्रिक चरित्रमा आँच पुर्‍याउनुका साथै आन्तरिक एकता र विधिको शासनमा बाधा पुगेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेतात्रयले गिरीले पार्टी हितमा समर्पित रहेर काम गर्दै आएको र पछिल्लो महाधिवेशनयता महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै पार्टी नेतृत्वलाई उक्त निर्णय तत्काल सच्याउन माग गरेका छन्।

“देशभरका राप्रपाका कार्यकर्ता र शुभेच्छुकहरू यो निर्णयबाट दुखित र चिन्तित छन्,” उनीहरूले बताएका छन्।

विज्ञप्तिमा पार्टी नेतृत्वलाई आत्ममूल्यांकन गर्दै गिरीलाई पुनः पूर्ववत् पदमा reinstatement गर्न आग्रह गरिएको छ। साथै, सबै पार्टी नेता, कार्यकर्ता र समर्थकलाई पार्टीको आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रही एकतामा जोड दिन आह्वान गरिएको छ।

नेताहरूले यो समय पार्टीभित्र विश्वास र संवादको वातावरण निर्माण गर्दै साझा हितमा अघि बढ्नुपर्ने चुनौतीको रूपमा लिनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।

 

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com