काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो । मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया