काठमाडौं ।  चार दलीय समाजवादी मोर्चाको बैठक आज नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय, आलोकनगरमा सुरु भएको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, मोर्चालाई सक्रिय र प्रभावकारी बनाउने उपाय, र भावी नीति तथा कार्यक्रमहरूबारे छलफल भइरहेको मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

advertisement

मोर्चाका संयोजकसमेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्ला गतिविधि सुस्त रहेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले यसअघि मोर्चाका घटक दलका शीर्ष नेता—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी गुनासो व्यक्त गरेका थिए।

विप्लवले पटक-पटक बैठक बोलाउन आग्रह गर्दै आए पनि अन्य नेताहरूको चासो नदेखिएको भन्दै असन्तुष्टि सार्वजनिक गरेका हुन्।

चैत १५ गते राजधानीमा गरिएको विरोधसभा पछिल्लो कार्यक्रम हो। त्यसयता मोर्चाले कुनै सार्वजनिक गतिविधि सञ्चालन गरेको छैन।

पुनर्गठित समाजवादी मोर्चामा नेकपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी छन्। मोर्चा गत वर्ष साउन १ गते पुनर्गठन गरिएको थियो।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com