काठमाडौं । जापानमा एकै वर्ष करिब १० लाख जनसङ्ख्या घटेको छ। यसरी जनसङ्ख्या घट्नुमा जापानमा रहेको कम जन्मदर हो।

जापानी महिलाको बच्चा जन्माउने कुरामा बढ्दै गएको अरुचीप्रति प्रधानमन्त्री सिगेरु इसुवाले चासो व्यक्त गरेका छन्।

advertisement

एक दिन अघि सार्वजनिक भएको डेटा अनुसार जापानमा सन् २०२४ मा ६ लाख ८६ हजार ६१ बच्चा जन्मिए। सोही समयमा करिब १६ लाख जनाले ज्यान गुमाए। यसको मतलब एक जना बच्चा जन्मिदा दुई जना मानिसको मृत्यु भएको छ।

जापानमा लगातार १६ वर्ष जनसङ्ख्या घटेको यो जनगणनाले देखाएको छ। जापानमा जन्मनेक्रम घटे पनि विदेशबाट त्यहाँ जानेको सङ्ख्या भने बढेको छ। २०२५ को जनवरीको विवरण अनुसार जापानमा रहेका विदेशीको सङ्ख्या ३६ लाख पुगेको छ।

जापानमा डिजिटल नोम्याड भिसामार्फत् विदेशी कामदार ल्याउने नीति लिइएको छ। यसका बाबजुद जापानको राजनीतिमा आप्रवासीकै विषय मुद्दाको रूपमा उठ्ने गरेको छ। सन् २०२३ यता जापानमा ०।४४ प्रतिशत जनसङ्ख्या घटेको छ।

जापानमा ६५ वर्ष भन्दा माथिको जनसङ्ख्या ३० प्रतिशत छ। मोनाको पछि प्रौढको प्रतिशत जापानमा दोस्रो बढी हो। विश्व बैंकका अनुसार जापानमा काम गर्ने जनशक्ति १५ देखि ६४ वर्ष उमेर समूहका मानिसको सङ्ख्या करिब ६० प्रतिशतमा झरेको छ। जापानी महिलाको जन्मदर सन् १९७० को दशकदेखि घट्न थालेको हो।

 

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com