काठमाडाैं । गृहमन्त्री रमेश लेखकले केही व्यक्तिहरू काम नगरी मात्र हल्ला गरेर राजनीति गर्ने प्रवृत्ति मौलाउँदै गएको टिप्पणी गरेका छन्। शुक्रबार नेपाली कांग्रेससँग सम्बद्ध आदिवासी जनजाति महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।

उनले भने, “कतिपय मानिसहरू काम नगरी हल्ला गरेर मात्रै राजनीति जित्ने सपना देख्छन्। नेपाली कांग्रेस भने काम गर्छ, तर हल्ला कम गर्ने भएकै कारण कतिपय अवस्थामा हामी पछि पर्छौँ।”

advertisement

लेखकले कांग्रेसले अनावश्यक हल्ला गर्नु नहुने, नभएको कुरा भन्नु नहुने र नगरेको कामको दाबी गर्नु नहुने स्पष्ट पारे। तर, उनले कांग्रेसले गरेका उपलब्धिहरूको प्रभावकारी प्रचार आवश्यक रहेकोमा जोड दिए।

साथै, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा आदिवासी जनजातिको हितमा महत्त्वपूर्ण राजनीतिक कदम उठाइएको दाबी गर्दै, आगामी दिनमा पनि यस समुदायका लागि आवश्यक नीतिगत र कार्यक्रमगत काम गर्न कांग्रेस सधैं तयार रहने उनले आश्वासन दिए।

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com