काठमाडौँ । टीसीएल इलेक्ट्रोनिक्सले नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त फ्रन्ट–लोड वासर ड्रायर सार्वजनिक गरेको छ। सबै–इन–वन स्वरूपमा आएको यो उपकरणले धुलाई र सुकाउने सुविधा एउटै मेसिनमार्फत उपलब्ध गराउँदै घरायसी धुलाई प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले जनाएको छ।

१० केजी धुलाई र ७ केजी सुकाउने क्षमतासहितको C7110WDG मा स्मार्ट डीडी मोटर, हनीकम्ब ड्रम, दाग हटाउने प्रणाली, एयर वास, स्टीम वास, एन्टी–माइट्स चक्र र रङ्गीन स्क्रिन जस्ता नवीन सुविधाहरू छन्। यसले कपडालाई क्षति हुनबाट जोगाउने, ब्याक्टेरिया तथा एलर्जी कारकहरूलाई हटाउने, गन्ध नियन्त्रण गर्ने र उच्च स्तरको स्वच्छता सुनिश्चित गर्ने दाबी कम्पनीले गरेको छ।

advertisement

सीजी इलेक्ट्रोनिक्समार्फत नेपालमा उपलब्ध गराइएको यो मेसिनले परिवारको स्वास्थ्यलाई प्राथमिकता दिँदै स्मार्ट, भरपर्दो र उपयोगमैत्री धुलाई अनुभव प्रदान गर्ने TCL को भनाइ छ। कम्पनीले आफ्नो विश्वव्यापी सन्देश “Inspire Greatness” अनुसार नवप्रवर्तनमार्फत उपभोक्तालाई सुविधा पुर्‍याइरहेको जनाएको छ।

 

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com