काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आकांक्षीहरूले आज पार्टी सभापति रवि लामिछानेलाई भेट गरेका छन्।

उम्मेदवार घोषणा अघि आकांक्षीहरू सभापति लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका हुन्। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई केही समयअघि भैरहवा कारागारबाट नख्खु सारिएको हो।

advertisement

रास्वपाले आकांक्षीहरूबीचको अन्तिम छनोटपछि आजै एक जना उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। यसका लागि सचिवालय बैठक बस्ने र बैठकलगत्तै उम्मेदवार सार्वजनिक गर्ने कार्यक्रम छ।

छनोट भएका आकांक्षीहरुमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही-३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् । यस मध्ये कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक अन्य पाँच जना भैरहवाका हुन्।

रुपन्देही–३ का तत्कालीन प्रतिनिधि राप्रपाका दीपक बोहराको निधन भएपछि निर्वाचन आयोगले यही कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेको हो।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com