काठमाडौं । निर्देशक निशान जंग बाँनीयाको “जानी बेलैमा” बोलको नयाँ गित सार्वजनिक भएको छ । गीतमा सम्झना भण्डारी र मोहन खड्काले स्वर दिएका छन् भने लय र शब्द सिर्जना संगीत परियारले गरेका हुन्।
गीतका शब्दहरूले नेपाली युवायुवतीको वास्तविकता बोलेको छ भने स्वरले त्यसलाई थप जीवन्त बनाएको छ। भिडियोमा रिहान शंकर र आयुष्मा कार्कीले अभिनय गरेका छन्। दुवै कलाकारको भावपूर्ण अभिनयले गीतलाई अझ प्रभावकारी बनाएको छ। भिडियो छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन दिपक विष्टले गरेका छन्। दृश्य, कथा र भावनात्मक प्रस्तुति कारण भिडियो निकै आकर्षक बनेको छ।
गीतलाई रिहान शंकरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार














प्रतिक्रिया