काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्रका कमजोरी समीक्षा गर्न र राष्ट्रव्यापी वर्तमान अस्थिरतालाई मध्यनजर गर्दै सचेत कदम चाल्न आह्वान गरेका छन्।

भट्टराईले सामाजिक सञ्जालमा बुधबार प्रकाशित गरेको पोस्टमा मुलुक इतिहासकै गम्भीर संकटमा रहेको बताए। उनले भने, “जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यसअनुसार निर्णय गरौँ। उत्तेजनामा आधारित निर्णयले सही दिशा देखाउँदैन।”

advertisement

भट्टराईले आफ्नो पोस्टमा पार्टीभित्र सुधारका लागि १० सुझाव दिएका छन्। उनले पार्टी संगठन र नेतृत्वको पुनर्गठन, गल्तीप्रति आत्मालोचना, आन्तरिक प्रक्रियामा पारदर्शिता र सदस्यहरूको सहभागिता सुनिश्चित गर्न जोड दिएका छन्।

साथै, उनले लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता र कानुनको शासन जस्ता मूल्यमा स्थिर रहन पार्टीका पंक्तिलाई आग्रह गरेका छन्।

भट्टराईले मुलुकलाई आगजनी र अस्थिरताबाट उठाएर पुनर्निर्माण गर्न सबै राजनीतिक दल र सरोकारवालासँग समन्वय गरी अघि बढ्नुपर्ने जोड दिएका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com