काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अस्थायी रूपमा कहाँ राख्ने भन्नेबारे सिंहदरबारभित्र छलफल भइरहेको छ।

मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जलेको सिंहदरबार अवलोकन गरी सम्भावित स्थानको अध्ययन गरेका छन्। शिक्षा, गृह, भौतिक पूर्वाधार र प्रधानमन्त्री कार्यालयमा ठूलो क्षति पुगेको छ भने अन्य मन्त्रालय आंशिक रूपमा प्रभावित भएका छन्।

advertisement

प्रारम्भिक रूपमा गृह मन्त्रालयको नयाँ भवन वा पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनलाई वैकल्पिक रूपमा प्रयोग गर्ने तयारी गरिएको छ। अन्तिम निर्णय मुख्यसचिवमार्फत अन्तरिम मन्त्रिपरिषद्को स्वीकृतिपछि हुने बताइएको छ।

सिंहदरबारका करिब ८० प्रतिशत संरचना र सामग्री ध्वस्त भएको प्रारम्भिक मूल्यांकनमा देखिएको छ। शुक्रबारदेखि भने क्षति आकलन र उपयोग गर्न मिल्ने सामग्री छुट्याउने काम सुरु भएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com